सिङ्गौलको टासीधार्गेलिङ बौद्ध गुम्बामा चार दिने धार्मिक मेला हुने

496
SHARES
653
VIEWS

बारा सिङ्गौल । निजगढ नगरपालिका–३ सिङ्गौलस्थित टासीधार्गेलिङ बौद्ध गुम्बामा यस वर्ष पनि ४ दिने धार्मिक मेला लाग्ने भएको छ ।

गुम्बाको ४२औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको मेला कार्तिक १७ गतेदेखि २० गतेसम्म सञ्चालन हुने मेला व्यवस्थापन समितिले जनाएको छ । गुम्बा परिसरमा आयोजना हुने मेलामा धार्मिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति र सामुदायिक भेला हुने बताइएको छ । मेला स्थानीय स्तरमै ठूलो धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाइने परम्परा रहिआएको छ ।

मेलाको तयारी तीव्र पार्दै स्थानीय युवा संजिव योन्जनको अध्यक्षतामा १७ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष चम्पा मगर, कोषाध्यक्ष सरोज लामा र सचिव युवराज बल रहेका छन् । त्यस्तैगरी सदस्यहरूमा सुनिल लामा घलान, दिनेश डासेली, लवइन बल, बिकास श्रेष्ठ, शुशिल खुलाल, युवराज पुलामी मगर, सदाम हुसेन, कविता योन्जन, अमृत राउत, सोनी बोम्जन, श्रीकृष्ण सापकोटा, अन्जली सारु मगर र डोल्मा घलान रहेका छन् ।

अध्यक्ष संजिव योन्जनका अनुसार, “मेलाको तयारी सुरु भइसकेको छ । तर, कार्यक्रमको स्वरूप र कलाकारको चयनबारे अन्तिम निर्णय अझै बाँकी छ,” उनले बताए ।

मेला कार्तिक पूर्णिमाको दिन अर्थात २० गते बत्ती बाल्ने (दीप प्रज्वलन) कार्यक्रमसहित समापन हुनेछ । सिङ्गौल क्षेत्रका तामाङ समुदायले पितृको सम्झनामा दीप प्रज्वलन गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ ।

त्यस दिन सिङ्गौलसँगै काठमाडौँका स्वयम्भू र बौद्धमा पनि तामाङ समुदायले दीप प्रज्वलन गरी पितृको सम्झना गर्ने चलन रहिआएको छ । आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायले भने स्थानीय गुम्बामै बत्ती बालेर आफ्नो श्रद्धा व्यक्त गर्ने परम्परा निरन्तरता दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित