जिल्लास्तरीय जुनियर खुला तेक्वान्दो प्रतियोगिता निजगढमा हुने

395
SHARES
520
VIEWS

निजगढ, बारा । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आगामी कात्तिक १ गते २०८२ (अक्टोबर १८, २०२५) मा बारा जिल्लास्तरीय जुनियर खुला तेक्वान्दो प्रतियोगिता–२०८२ हुने भएको छ । प्रतियोगिता निजगढ तेक्वान्दो कवर्ड हलमा आयोजना हुनेछ ।

कार्यक्रमको आयोजना बारा निजगढ तेक्वान्दो डोजाङले गरेको हो । यस प्रतियोगितामा बारा जिल्लाका विभिन्न विद्यालय तथा प्रशिक्षण केन्द्रहरूका जूनियर खेलाडीहरूले सहभागीता जनाउने छन् । खेलाडीहरूबीच विभिन्न तौल समूह र उमेर वर्गमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य जिल्लास्तरमै तेक्वान्दो खेलप्रति युवाहरूको रुचि र सहभागिता बढाउने, अनुशासन र आत्मरक्षाको भावना विकास गर्ने, तथा उत्कृष्ट खेलाडी पहिचान गरी उनीहरूलाई प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता दिलाउने रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितीका अध्यक्ष चित्रबहादुर लामा (नन्दु) ले जानकारी दिए । यस कार्यक्रमलाई सफल बनाउन निजगढ रिसोर्ट, नेपाल तेक्वान्दो संघ बारा जिल्ला समिति, नेपाल, अवतार बचत तथा ॠण सहकारी संस्था र सक्षम बूक्स स्टेसनरीको सहयोग रहेको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद प्रेमी, प्रशिक्षक र अभिभावकहरूको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजक संस्थाका अनुसार यो प्रतियोगिता निजगढ र आसपासका युवामा खेल संस्कृतिको विकास र तेक्वान्दोप्रति नयाँ पुस्ताको आकर्षण बढाउने महत्वपूर्ण अवसर हुने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित