जिल्ला तेक्वान्दो संघको अध्यक्षमा लामा सर्वसम्मत निर्वाचित

422
SHARES
555
VIEWS

बारा । बारा जिल्लाको तेक्वान्दो संघको कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिद्वारा सार्वजनिक नतिजाअनुसार अध्यक्षमा निजगढका चित्र बहादुर लामा (नन्दु) निर्वाचित भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा संजय कुमार साह, कोषाध्यक्षमा अमित कुमार सिंह चयन भएका छन् । सदस्यहरूमा सुमन श्रेष्ठ, शंकर रखवाल, राजकुमार श्रेष्ठ र दिपक कुमार खड्का निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अधिकृत हेमलाल श्रेष्ठ, मान बहादुर लामा र प्रमुख निर्वाचन अधिकृत मुक्तिप्रसाद यादवले संयुक्त रुपमा निर्वाचन नतिजा सार्वजनिक गरेका हुन् ।

नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिंदै संघका सदस्यहरूले संस्थालाई अझ सबल, सक्रिय र सेवामुखी बनाउन अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित