आर्य समाज रतनपुरको प्रथम साधारण सभा, नयाँ कार्यसमिति गठन

436
SHARES
574
VIEWS

रतनपुर । आर्य समाज रतनपुर, निजगढ–११ को प्रथम साधारण सभा सम्पन्न भएको छ । २०७६ सालदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको आर्य समाज हाल विधिवत् दर्ता भई शुक्रबार पहिलो साधारण सभा सम्पन्न गरेको हो ।

सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ । अध्यक्षमा सोमबहादुर कार्की (रवि), उपाध्यक्षमा विन्दा गिरी र कोषाध्यक्षमा इन्द्रनायायण श्रेष्ठ, सचीवमा काशीराज राउत सहसचिवमा सन्दीप कार्की चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कोपिला अले मगर, सुशीलप्रसाद प्याकुरेल, दलकुमारी वि.क., सुरेन्द्र ठाकुर, हवनलाल गिरी, गोकर्णबहादुर बस्नेत, चित्रबहादुर खत्री, दिपक सिंह थापा, जानुका बोहरा र जानुका माया खत्री (थापा) निर्वाचित भएका छन् ।

त्यस्तैगरी सल्लाहकारहरूमा डिबी दाहाल, बेनी बहादुर कार्की, घमण्ड बहादुर राउत, भक्ती प्रसाद भट्टराई र ॠषी कटवाललाई सर्वसम्मत चयन गरेको डिबी दाहालले मधेश प्रवाहलाई जानकारी दिए ।

समारोहमा उपस्थित सदस्यहरूलाई धन्यवाद दिंदै नयाँ नेतृत्वले आगामी दिनमा संस्थालाई अझ सबल र प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ । आर्य समाजले समाज सुधार, शिक्षा, संस्कार र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित