संविधान दिवसमा निजगढमा र्याली, विद्यार्थीको उत्साह, साँझ दीप प्रज्वलन

386
SHARES
508
VIEWS

निजगढ । संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा शुक्रबार निजगढ नगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । बिहान नगरपालिकाबाट सुरु भएको र्‍यली उद्योग वाणिज्य संघको सभाहलमा कोणसभामा परिणत हुँदै औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख तथा संविधान दिवस आयोजक समितिका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद चौधरी, मिना लामा, नगर उपप्रमुख सोममाया थिङ, पूर्व नगर प्रमुख सुरेशकुमार खनाल, पूर्व उपप्रमुख लिलादेवी खनाल, नेपाल “ल” क्याम्पस काठमाडौँका प्राध्यापक सरोज गिरी, अधिवक्ता निर्मल उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिदेखि विद्यालय व्यवस्थापन समिति, सहकारी संस्था, सामुदायिक वन, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय समाजसेवीको समेत सहभागिता थियो ।

औपचारिक कार्यक्रममा गौरिशंकर माविकी छात्रा सम्पदा खरेल, सन्ध्या थापा मगर, क्याम्पस स्ववियुकी भिमकुमारी पुलामी र सभापति वालकृष्ण हुमगाईले विद्यार्थीका तर्फबाट विचार राखे । अधिवक्ता उप्रेतीले नेपालको संविधानमा समावेश भएका सकारात्मक पक्ष तथा विश्वमा भएका संवैधानिक अभ्यासबारे धारणा राखे भने प्राध्यापक गिरीले संविधान र संवैधानिक जटिलताबारे प्रश्न उत्तर गरेका थिए ।

समापन गर्दै नगर प्रमुख पुरीले संविधानलाई शासन प्रणालीको मार्गचित्र र नागरिक अधिकारको प्रत्याभूति गर्ने कानुनी दस्तावेजका रूपमा व्याख्या गर्दै यसको कार्यान्वयनमा सबै सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रमपश्चात् साँझ ६:१० बजे नगरपालिका कार्यालय परिसरमा प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, नगर प्रहरीलगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित