बारा । बाराको निजगढ नगरपालिका–१३ वडा कार्यालयको आयोजनामा निःशुल्क आँखा जाँच शिविर हुने भएको छ । आँखा स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा आँखा परीक्षण हुने जानकारी वडा कार्यालयले दिएका छन् ।
शिविर आगामी भोलि असोज ४ गते शनिबार बिहान ८ बजेबाट भक्लाल वडा कार्यालयमा र असोज ५ गते आइतबार बिहान ८ बजेबाट डम्बरपुर चौतारामा सञ्चालन हुने कार्यक्रमको तालिकामा उल्लेख गरिएको छ ।
शिविरमा स्थानीय बासिन्दाले निःशुल्क आँखा जाँच गराउन सक्नेछन् । आवश्यक परे अन्य उपचार तथा परामर्श सुविधा पनि उपलब्ध गराइने आयोजकले जनाएका छन् ।
यो कार्यक्रम ज्योती भिजन फाउन्डेशन, वीरगञ्ज पर्सा को सहयोगमा सञ्चालन हुन लागेको हो ।
आयोजक निजगढ–१३ वडा कार्यालयले यस शिविरबाट समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना र उपचार पहुँचमा वृद्धि हुने अपेक्षा गरेको छ ।























Discussion about this post