भक्तलाल । ‘राष्ट्रियको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ नारासहित प्रथम नवाँबस्ती ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ संचालन भएको छ । नवाँबस्ती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आज मंगलबार तेस्रो दिन जुनतारा युवा क्लब विजयी भएको छ । जुनताराले लाल युवा क्लबलाई गरेको १ गोल नै निर्णयक गोल बनेको हो को बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ नयाँ वस्तीको खेलमैदानमा उक्त संचालन भैइरहेको छ ।
प्रतियोगितामा बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । नयाँ वस्तीले पहिलो चरणमै आकर्षक खेल प्रदर्शन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका पदाधिकारीले बताए ।
प्रतियोगिताको विजेताले नगद ३५ हजार १ सय १० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १६ हजार १ सय १० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
आज तेस्रो दिनमा स्थानीय सामाजिक अभियन्ता, खेलकुदप्रेमी तथा युवाहरूको उपस्थिति रहेको थियो । खेलप्रति युवाको आकर्षण बढाउँदै स्वास्थ्य, सद्भाव र एकताको सन्देश दिन प्रतियोगिता योगदान गर्ने आयोजक समितिका सचीव जीवन पाख्रीनले विश्वास व्यक्त गरेको छ ।






















Discussion about this post