निजगढ । सव डिभिजन बन कार्यालय निजगढमा प्रमुखका रूपमा कार्यरत रहेका निरोज पोखरेललाई सोमबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । पोखरेल हालै डिभिजन बन कार्यालयमा सरुवा भएका छन् ।
बिदाइ कार्यक्रममा सहभागीहरूले पोखरेलले कार्यकालभर वन संरक्षण, व्यवस्थापन र सामुदायिक सहकार्यमा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे । वन पैदावरको दुरुपयोग रोक्नदेखि स्थानीय स्तरमा संरक्षणप्रति चेतना जगाउने काममा पोखरेलको नेतृत्वले ठोस परिणाम देखाएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी कर्मचारी र सरोकारवालाहरूले पोखरेलले संस्थागत पारदर्शिता, अनुशासन र सेवाभावलाई प्राथमिकता दिएर कार्यालयलाई प्रभावकारी बनाउन भूमिका खेलेको बताए । “अधिकृत पोखरेलको कार्यशैली उदाहरणीय छ, जसले कर्मचारीलाई प्रेरणा दिएका थिए ।
सरुवा भएर नयाँ जिम्मेवारीमा जिल्ला डिभिजन वन कार्यालय सिमरा जान लागेका पोखरेललाई उपस्थितहरूले सफल कार्यकालको शुभकामना दिए । उनी नयाँ कार्यस्थलमा पनि समान प्रतिबद्धता र कार्यक्षमता देखाउने विश्वास सहभागीहरूले अपेक्षा गरे ।
पोखरेललाई नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना दिँदै सहभागीहरूले पुनः भेट्ने अपेक्षा व्यक्त गरेका थिए ।






















Discussion about this post