बारामा निषेधाज्ञा हट्यो, जनजीवन सामान्यतर्फ

382
SHARES
502
VIEWS

कलैया । बारा जिल्लामा करिब एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार बिहान ६ बजेदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार जिल्लामा सबै प्रकारका गतिविधि सुचारु भएका छन् ।

निषेधाज्ञा हटेसँगै छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । बजार, पसल, व्यवसाय तथा अन्य सेवासुविधा पनि पूर्ण रूपमा खुलेका छन् । त्यसैगरी स्थानीय तह, सरकारी कार्यालय र शैक्षिक संस्थाहरू आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले पनि आजदेखि नियमित सेवा सुरु गरेको जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘गत भदौ २३ र २४ गते देशभर भएका आन्दोलनका कारण असामान्य परिस्थिति सिर्जना भई सेवा स्थगन गरिएको थियो । हाल जनजीवन सामान्य भएकाले भदौ २९ गतेदेखि नियमित रुपमा सेवा सञ्चालन गरिनेछ ।’

प्रजिअ पौडेलले जिल्लाभर निषेधित क्षेत्रसमेत हटाइएको जानकारी दिए । उनका अनुसार अहिले अवस्था शान्त बनेको र सर्वसाधारणले दैनिक गतिविधि सहज ढंगले सञ्चालन गर्न सक्ने अवस्था बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित