निजगढ । जेन–जि आन्दोलनका कारण रोकिएको निजगढ नगरपालिकाभित्रका विद्यालयमा पठनपाठन आइतबारदेखि सुचारु भएको छ ।
नगरपालिकाले शनिबार सार्वजनिक सूचना जारी गर्दै आन्दोलनका कारण स्थगित पठनपाठन आइतबार (भदौ २९) बाट सञ्चालन गर्न निर्देशन दिएको हो ।
‘मिति २०८२ भदौ २४ गतेको आन्दोलनबाट नगरपालिका तथा वडा कार्यालयमा भएको भौतिक क्षति, आगजनी तथा मुलुकमा देखिएको विषम परिस्थितिका कारण स्थगित गरिएको पठनपाठन कार्य भदौ २९ गतेदेखि सुरु गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
यसअघि आन्दोलनकै क्रममा काठमाडौंमा दुई दर्जनभन्दा बढी युवा–विद्यार्थीको ज्यान गएपछि निजगढ नगरपालिकाले भदौ २४ र २५ गते शोक बिदा दिएको थियो ।
आन्दोलन हिंसात्मक बन्दै जाँदा निजगढ नगरपालिकाको मुख्य कार्यालयसहित विभिन्न वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । तर अवस्था क्रमशः सामान्य बन्दै गएपछि शैक्षिक गतिविधि पुनः सुरु गरिएको नगरपालिकाले जनाएको छ ।






















Discussion about this post