निजगढ । जेन-जि आन्दोलनका क्रममा चोरी भएका कार्यालयका सामग्री फिर्ता बुझाउन निजगढ नगरपालिकाले सार्वजनिक आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्यालले आइतबार सूचना जारी गर्दै मिति २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिका तथा मातहतका वडा कार्यालयबाट विभिन्न सामग्री चोरी भएको पुष्टि भएको जानकारी दिए ।
‘विभिन्न सिसी टिभी फुटेज, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्राप्त सूचनाअनुसार कार्यालयमा आगजनी र तोडफोडसँगै महत्वपूर्ण सामग्री चोरी गरी लगिएको देखिन्छ,’ सूचनामा उल्लेख छ, ‘त्यस्ता सामग्री तुरुन्तै नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा बुझाउनु होला, अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।’
नगरपालिकाले तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाउने तयारी पनि गरेको जनाएको छ ।






















Discussion about this post