बारामा तोडफोड र आगजनीको आरोपमा, ७ जना नियन्त्रणमा

420
SHARES
553
VIEWS

बारा । बारामा विभिन्न स्थानमा तोडफोड र आगजनीको घटना भइरहेका बेला प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पाण्डेका अनुसार उनीहरूलाई बारागढी गाउँपालिका कार्यालय र गाउँपालिका अध्यक्ष अशोक जयसवालको घरमा तोडफोड प्रयास गरेपछि नियन्त्रणमा लिइएको हो ।

यस्तै, करैयामाई गाउँपालिका–८ नरही चोकमा रहेको सन् २०११ सालको किसान आन्दोलनका सहिद मुखलाल महतोको शालिक पनि भत्काइएको छ । स्थानीयका अनुसार, शालिकलाई जेन–जीका समर्थक भनिने समूहले ढालेको हो । महतो किसान आन्दोलनकै क्रममा त्यही स्थानमा सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए, र उनको सम्झनामा त्यहाँ शालिक निर्माण गरिएको थियो ।

यसैगरी, करैयामाई गाउँपालिकाको मधुवन वडा कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । वडा सदस्य दिपक पासवानका अनुसार आन्दोलनकारीहरूले कार्यालयभित्र प्रवेश गरी तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

लगातार भइरहेका यस्ता घटनापछि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । नियन्त्रणमा लिइएका सातै जनामाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित