निजगढमा चार दलको संयुक्त शान्ति र्‍याली गर्दै

388
SHARES
510
VIEWS

बारा । बाराको निजगढमा आज चार प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा शान्ति र्‍याली आयोजना गर्ने भएका छन् । देशभर बढ्दै गएको राजनीतिक संकट र असहज परिस्थिति विरुद्ध शान्तिपूर्ण विरोध जनाउनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनमत पार्टीले सहकार्यमा शान्ति र्‍याली गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रमबारे जानकारीको लागि सामाजिक संजालमा पोष्टमा भदौ २७ गते शुक्रबार दिउँसो ठिक २ बजे सहिद चोकबाट र्‍याली सुरु हुने उल्लेख गरिएको छ । प्रमुख ४ राजनीतिक दलहरूले हत्या, हिंसा, आगजनी र तोडफोड जस्ता गतिविधिको कडा विरोध गर्दै चार दलले सहकार्यमा शान्तिपूर्ण कार्यक्रम ल्याउन लागेको हो ।

र्‍यालीमा सहभागीहरूले सहिद चोकबाट प्रस्थान गरी पूर्व–पश्चिम राजमार्गमा पदयात्रा गर्नेछन् । आयोजक दलहरूले हिंसात्मक घटनाले जनजीवन अस्तव्यस्त बनेको भन्दै राजनीतिक मतभेदभन्दा माथि उठेर शान्ति र स्थिरताको सन्देश दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

स्थानीय स्तरमा विभिन्न राजनीतिक दलहरूबीच सहकार्य गरी शान्ति स्थापना गर्ने प्रयासलाई नागरिकहरूले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ । आयोजकहरूले र्‍यालीमा सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता हुन आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित