बारा । बाराको दुई मुख्य सहरी क्षेत्र कलैया र पुर्व-पश्चिम राजमार्ग निजगढमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।
जिल्लाको कोल्हवी नगरपालिका कोल्हवी बजार, निजगढ सहिद चोक र जिल्लाको सदरमुकाम क्षेत्रस्थित कलैया बजारमा प्रदर्शन भएको छ । त्यस्तै निजगढको मुटु सहिद चोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले बाटो छेकेर प्रदर्शन गरिरहेका छन् ।
बारा लगायत पुर्व-पश्चिम राजमार्गको विभिन्न स्थानमा र देशैभरी प्रदर्शन जारी छ । त्यसतै हेटौंडाको मुख्य बजार क्षेत्रमा भने छुट्टाछुट्टै समूहमा प्रदर्शन भईरहेको स्थानीय संचारकर्नी प्रमोद सहनी जानकारी दिएको छ । संचारकर्मी सहनीको अनुसार प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।






















Discussion about this post