निजगढ । वैदेशिक रोजगारीको क्रममा निधन भएका खर्चलाल कुमरकी श्रीमती संतोषी धामीलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । संतोषीलाई घर व्यवहार समेत चलाउन असहज भएको अवस्थामा स्थानीय समाजसेवी सोपिला स्याङ्तानको नेतृत्वमा खाद्य सामग्री सहयोग गरिएको हो । संतोषी बारा जिल्ला निजगढ-१ सिङ्गौल निवासी हुन ।
धामीलाई खाद्यान्न सहयोग कार्यक्रममा नेपाली कांग्रेस निजगढ वडा नं. १ का सभापति बुद्ध वहादुर लोप्चन, गौरिशंकर क्याम्पस इकाई सभापति दावा लामा बोम्जन, समाजसेवी मान बहादुर योन्जनलगायत अन्य स्थानीयवासीहरूले समेत उपस्थित रहेकाक थिए ।
सहयोगस्वरूप प्रदान गरिएको सामग्रीमा एक बोरा चामल, पाँच पोका तेल, पाँच किलो आलु, पाँच पोका नुन, दुई प्याकेट चिउरा र दुई किलो दाल रहेका छन् ।
सहयोग ग्रहण गरेपछि सन्तोसी धामिले दैनिक जीवन धान्न गाह्रो भएको बेला गरिएको सहयोगले ठूलो राहत मिलेको बताउँदै सहयोगीहरूलाई आभार प्रकट गरिन् ।






















Discussion about this post