निजगढ-१ का वडा अध्यक्ष लोप्चनद्वारा फूटबल सामग्री वितरण, युवालाई खेलकुदतर्फ प्रेरणा

426
SHARES
560
VIEWS

निजगढ । निजगढ नगरपालिका–१ का वडा अध्यक्ष मंगल लोप्चनको सहयोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निजगढले निजगढ-६ का नम बुद्ध युवा क्लबलाई खेल सामग्री वितरण गरेको छ ।

आईतबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष लोप्चनले क्लबका खेलाडीलाई अभ्यास तथा विभिन्न प्रतियोगितामा सहज हुने गरी फूटबल सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेविसंघ बारा जिल्ला सदस्य लक्ष्मीप्रसाद तिमसिना, निजगढ नगर सभापति इश्वर सापकोटा, उपसभापति सुगम खनाल, सहसचिव प्रबिन भारती, समाजसेवी उदयराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

नेविसंघ नगर सभापति सापकोटाले खेलकुदले युवालाई अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने भएकाले खेल सामग्री वितरण गरिएको बताए ।

त्यस्तै, नम बुद्ध युवा क्लबका सदस्य पासाङ लामाले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित