महेन्द्र सहनी/बारा । नेशनल प्यापसन बाराले आगामी भाद्र २१ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । संगठनको जिल्ला कार्यसमितिले भाद्र २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतियोगिताका लागि प्रत्येक स्थानीय तहका अध्यक्षलाई भाद्र १८ गतेभित्र तीन विद्यार्थी छनोट गरी पठाउन आग्रह गरिएको छ । त्यसअनुसार प्रत्येक पालिकाबाट दुई जना छात्र र एक जना छात्रा गरी तीन विद्यार्थीलाई विद्यालयस्तरीय छनोट प्रतियोगिता गराई प्रथम र द्वितीय हुनेको नामावली संगठनमा बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
अध्यक्ष प्रभुलाल कुशवाहको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता कलैयास्थित नेशनल प्यापसन बाराको कार्यालय परिसरमा गर्ने निर्णय गरेको जनाव्को छ । बैठकमा वरिष्ठ उपाध्यक्ष सुमोध कुमार सर्राफ, उपाध्यक्ष सोबोध कुमार गुप्ता, सचिव पुनदेव चौधरी, कोषाध्यक्ष मदन रिजाल, सचिव रामबहादुर चौधरीलगायतका पदाधिकारीको उपस्थिति थियो ।
त्यसैगरी सदस्यहरू रविन्द्र साह, कमलेश प्रसाद कुशवाहा, सानुबाबु अधिकारी, नम्रता रिजाल, यदुनाथ पौडेल, रामबिनेश बैठा, मंगेश्वर प्रसाद यादव, अनिल तिवारी सहभागी रहेका थिए । कार्यक्रममा नेशनल प्यापसनका केन्द्रीय सचिव अलि महमद अंसारी र केन्द्रीय सदस्य रामबाबु प्रसाद कुशवाहको समेत विशेष उपस्थिति रहेको थियो ।






















Discussion about this post