दिपेन्द्र जयसवाल बारा । बाराको विश्रामपुर गाउँपालिकामा मंगलबार सुनिल प्रसाद केशरीले प्रमुख प्रशासकीय अधिकृतको पदभार सम्हालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १६ गते गरेको निर्णयअनुसार उनको सरुवा भएको हो । यस अवसरमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो, जनप्रतिनिधि तथा कर्मचारीहरूले उनको स्वागत गरेका थिए ।
विश्रामपुरमा नयाँ नेतृत्वको आगमनसँगै स्थानीय तहमा प्रशासनिक कामकाज र सेवा वितरणमा थप गति आउन सक्ने अपेक्षा गरिएको छ । केशरीको अनुभवलाई ध्यानमा राख्दै, यहाँको योजना कार्यान्वयन, विकास निर्माण, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय, तथा नागरिक सेवामा सुधार हुने स्थानीय स्रोतले बताए ।
केशरीको अनुभवले गाउँपालिकामा प्रशासनिक कार्यक्षमता र योजना निर्माणमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ । उनका अनुसार, “स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग मिलेर योजना र कार्यक्रमहरू जनमुखी र प्रभावकारी बनाउने प्रयास हुनेछ । सेवा प्रवाहमा ढिलाइ हुन नदिने हाम्रो प्राथमिकता हुनेछ ।” केशरीले भने ।
गाउँपालिका कार्यपालिकाका सदस्यहरूले पनि नयाँ अधिकृतको स्वागत गर्दै, “केशरीको अनुभवले गाउँपालिकाको समग्र प्रशासनिक कार्यमा थप सुधार ल्याउने विश्वास गरेको छ । उनिहरुले हामी सबै मिलेर विकास र सेवा प्रवाहमा नयाँ उचाइ छुन तयार छौं,” सदस्यहरुले भने ।
विश्रामपुरमा यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सरुवा फेटा गाउँपालिकामा भएको थियो । स्थानीय स्रोतका अनुसार, ओझाले कार्यकालभरि योजना कार्यान्वयन र प्रशासनिक व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका थिए । उनले शुरु गरेका केही विकास कार्यक्रम अब केशरीको नेतृत्वमा निरन्तरता पाउनेछन् ।
विश्रामपुर गाउँपालिका हाल विविध सामाजिक, आर्थिक र भौतिक विकास योजनाहरू अघि बढाइरहेको छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, युवा तथा महिला सशक्तिकरणलगायत विषयमा काम भइरहेको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृतका आगमनसँगै यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र गुणस्तर सुनिश्चित हुने स्थानीयस्तरीय स्रोतहरूले जानकारी दिएका छन् ।
विश्रामपुरका नागरिकहरूले पनि नयाँ नेतृत्वप्रति अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार, “हाम्रो गाउँपालिका विकास र सेवा प्रवाहमा नयाँ गति पाओस् भन्ने आशा छ । जनसहभागिता र प्रशासनिक पारदर्शितामा सुधार होस् भन्ने हाम्रो चाहना छ।” स्थानीय सरोकारवालाहरु भने ।
सरकारको नीति अनुसार, स्थानीय तहमा प्रशासनिक दक्षता र सेवा प्रवाहको प्रभावकारिता बढाउन नवीन नेतृत्वको नियुक्ति गरिन्छ । यसै क्रममा सुनिल प्रसाद केशरीको नियुक्ति र विश्रामपुरमा कार्यभार सम्हाल्नुले स्थानीय प्रशासनमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ ।






















Discussion about this post