किसानका मागसहित जनमत पार्टीद्वारा प्राधिकरणलाई ज्ञापनपत्र

397
SHARES
523
VIEWS

विजेन्द्र कुमार चौधरी । जनमत पार्टीले किसानका मागलाई गम्भीरतापूर्वक उठाउँदै नेपाल विद्युत प्राधिकरणलाई पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। पछिल्ला वर्षमा खेतबारीमा करेन्ट लागेर किसानको मृत्यु हुने घटनामा वृद्धि भएको भन्दै पार्टीले प्राधिकरणलाई तुरुन्तै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

मंगलबार जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई ज्ञापनपत्र बुझाएका थिए। यादवले किसानले आफ्नो खेतमा पोल र तारको अव्यवस्थित वितरणका कारण अकालमै ज्यान गुमाउनुपरेकोप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना रोक्न तत्काल सुरक्षा मापदण्ड लागू गर्नुपर्ने बताए ।

पार्टीले बुझाएको ज्ञापनपत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई लागू गर्नुपर्ने, खेत तथा गोठमा पोल वा पोलमा डिस्ट्रीब्युसन बक्सको सुरक्षित व्यवस्था मिलाउनुपर्ने, विद्युतीय कारणले हुने क्षति तथा मृतकलाई क्षतिपूर्ति दिनुपर्ने, कृषि बीमा लागू गर्नुपर्ने र कृषि मीटर तथा बिल निशुल्क गर्नुपर्ने माग राखिएको छ ।

जनमत पार्टीले किसानको ज्यान सुरक्षित राख्न विद्युत प्राधिकरणले चाँडोभन्दा चाँडो प्रभावकारी कदम चाल्नुपर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित