रतनपुर बारा । “आमा र बच्चाको स्वास्थ्य सुरक्षा, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित निजगढ नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे र पोषण परामर्श सेवा सुचारु गरेको छ । मातृ–शिशु मृत्यु दर घटाउने उद्देश्यले ‘उपप्रमुख हेल्लो आमा पोषण तथा सुरक्षा कार्यक्रम’ अन्तर्गत यो सेवा हरेक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुदै आएको हो ।
प्रत्येक महिनाको अंतिम कार्यक्रम शुक्रबार बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म निजगढ–११, रतनपुरी स्वास्थ्य चौकीमा सञ्चालनमा आएको छ । यस अवधिमा विशेषज्ञ चिकित्सकको टोलीले गर्भवती महिलाको स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, पोषणसम्बन्धी परामर्श र आवश्यक उपचार सुझाव निःशुल्क उपलब्ध गराएको छ ।
रतनपुरी स्वास्थ्य चौकी प्रमुख दिनेश परियारका अनुसार, ग्रामीण क्षेत्रमा समयमै स्वास्थ्य सेवा नपाउँदा धेरै गर्भवती महिला जोखिममा पर्छन् । उपप्रमुख सोममाया थिङको प्रत्यक्ष समन्वयमा सुरु भएको यस कार्यक्रमले गर्भावस्थामा देखापर्ने समस्या पहिचान गर्न र सुरक्षित प्रसूति सुनिश्चित गर्न मद्दत गरेको बताए ।
रतनपुरी स्वास्थ्य चौकी प्रमुखका परियारले भने आवश्यक उपकरण, भिडियो एक्स–रे मेसिन र दक्ष स्वास्थ्यकर्मीको टोलीको समेत सकृय भुमिका रहेको छ । उनले “गर्भवती आमा अस्पताल पुग्न ढिला गर्ने प्रवृत्ति अझै छ । यस्ता कार्यक्रमले स्वास्थ्य चेतना र पहुँच दुवै बढाउँछ,” प्रमुख परियारले बताए ।
कार्यक्रमको अवसरमा स्वास्थ्य स्वयंसेवीका प्रमिला सुवेदीलाई विदाई गरिनुका साथै जमुना पराजुली र संगिता गोङ्बालाई नयाँ स्वयंसेवीका पदमा नियुक्त गरिएको थियो । निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरिन् ।
सो अवसरमा निजगढ स्वास्थ्य शाखाका अधिकृत रमेश लामाले मन्तव्य राखे भने स्त्रीरोग विशेषज्ञ सुरुची चौरसियाले प्रजनन स्वास्थ्यबारे जानकारी दिइन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सावित्री भण्डारी एल.एस. न्युरो हस्पिटल वीरगञ्जका सञ्चालक सुनिल कुमार कुर्मी, नर्सिङ मेट्रोन प्रीया कोइरालालगायतका विशेषज्ञ डाक्टरहरूले प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
नगरपालिकाले गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण र पोषणको महत्त्वबारे जनचेतना फैलाउन टोल–टोलमा सूचना अभियान पनि सुरु गरेको जनाएको छ । त्यस्तैगरी कार्यक्रममा विविध सांस्कृतिक नाच गान समेत भएका थिए । अतिथिहरुलाई स्वागतको रुपमा स्वास्थ्य चौकिका महिला कर्मचारीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । स्वागत नृत्यमा चुडाकुमारी बस्नेत, हिमा पाण्डे , लक्ष्मी कुमरी र अन्जना घिमिरेले नृत्य कला प्रस्तुत गरेका थिए ।






















Discussion about this post