प्रगतिशील प्राध्यापक संगठनको सक्रियताले आधुनिक शिक्षामा गुणस्तर वृद्धि हुने : पुर्व मन्त्री साह

438
SHARES
576
VIEWS

बारा । पूर्व पशुपंक्षी तथा कृषि मन्त्री एवं नेकपा एमाले बारा जिल्ला इञ्चार्ज ज्वालाकुमारी साहले प्रगतिशील प्राध्यापक संगठनको एकताबद्ध र योजनाबद्धको सक्रियताले देशभरको सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन् ।

संगठनको कार्यक्रममा बोल्दै साहले शिक्षाको वर्तमान अवस्था सुधार्नका लागि राजनीतिक चेतना र पेशागत प्रतिबद्धता दुवै आवश्यक भएको बताइन् । उनले भनिन्, “आजको समयमा आधुनिक शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन सक्दैन, यसलाई प्रविधि, अनुसन्धान र व्यवहारिक सीपसँग जोड्नु जरुरी छ । यसका लागि प्राध्यापकहरूको सक्रिय भूमिका अपरिहार्य हुन्छ ।”

उनका अनुसार, संगठनका प्राध्यापकहरूले संगठित रूपमा काम गर्दा मात्र सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिसँगै विद्यार्थीको सिकाइ परिणाममा सुधार आउनेछ । उनले संगठनलाई समुदायमा सकारात्मक परिवर्तन ल्याउने शक्ति भएको भन्दै सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियानलाई गति दिन आग्रह गरिन् ।

एमाले निकट संगठन भएको कारण र विचारधारी संगठन भएको नाताले पनि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म शिक्षा क्षेत्रमा नीति निर्माण र कार्यान्वयनमा दबाब सिर्जना गर्न सक्ने साहको भनाइ थियो । उनले संगठनमार्फत आधुनिक प्रविधि प्रयोग, पाठ्यक्रम परिमार्जन, दक्ष जनशक्ति परिचालन र विद्यालय–समुदाय सहकार्यलाई प्राथमिकतामा राखिने बताइन् ।

साहले प्राध्यापकहरूको पेशागत अधिकार र हितको रक्षा गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्नेमा जोड दिइन् । “हाम्रो प्रयास केवल राजनीतिक गतिविधिमा मात्र सीमित हुँदैन, यो भावी पुस्ताको भविष्य निर्माणको अभियान हो,” उनले थपिन् ।

बाराको निजगढ-९ स्थित होटल राजमार्गमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको तेस्रो अधिवेशनको उदघाटनमा सम्बोधनको क्रममा यस्तो बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित