सागर पुस्तक भण्डारका संचालक थोकरले १८ विद्यालयका मन्टेश्वरी बालबालिकालाई शैक्षिक सामग्री सहयोग

403
SHARES
530
VIEWS

निजगढ । सागर पुस्तक भण्डारका सञ्चालक शंकर थोकरले निजगढ नगरभित्रका १८ विद्यालयका मन्टेश्वरी तहमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

बालबालिकाको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सामग्री वितरण गरिएको थोकरले बताए। उनका अनुसार वितरण गरिएको सामग्रीमा अक्षर, अंक, रंग चिनाउने कार्ड, चित्रसहितका किताब र सिकाइ खेलौना समावेश छन् ।

“बालबालिकाले पढाइलाई रमाइलो र सजिलो रूपमा सिक्न सकून् भन्ने चाहना हो,” थोकरले भने, “शिक्षा क्षेत्रमा निजी क्षेत्रको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ ।”

सामग्री प्राप्त गरेका विद्यालयका शिक्षक र अभिभावकले यसलाई स्वागत गरेका छन्। उनीहरूका अनुसार यस किसिमको सहयोगले बालबालिकामा सिक्ने उत्साह बढाउने र कक्षाकोठाको वातावरण अझ आकर्षक बन्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित