३२ दिनपछि कुशको शव: रसुवागढी बाढीमा बेपत्ता प्रहरी जवान ठाकुरको अन्तिम बिदाइ

395
SHARES
520
VIEWS

निजगढ । रसुवागढीमा गएको असार २४ गतेको बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको शव ३२ दिनसम्म फेला नपरेपछि परिवारले कुशको पुत्लो बनाई अन्तिम दह संस्कार गरेका छन् ।

बाराको फेटा गाउँपालिका–१ निवासी २४ वर्षीय ठाकुर ल्हेन्दे खोलाको बाढीमा वेपत्ता भएका थिए । नेपाल–चीन सीमाक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ठाकुर उद्धार कार्यका क्रममा बाढीले बगाएका थिए ।

बाढी गएको एक महिनासम्म पनि ठाकुरको अवस्था अज्ञात रहँदा परिवार दिनहुँ आशामा थिए । तर आशा जब निराशामा परिणत भयो, तब शुक्रबार धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
शव नपाएर गरिने यस्तो संस्कार नेपाली हिन्दू समाजमा गहिरो पीडासँग जोडिएको मानिन्छ ।

अन्तिम संस्कारको बेला ठाकुरकी पत्नी गुञ्जा ठाकुर बेहोस भइपछारिएकी थिइन् । एक वर्षीय छोरा काखमा समातेर रोइरहेकी उनीसहित परिवारका अन्य सदस्यहरू शोकमा लपेटिएका थिए ।

प्रहरी जवान ठाकुर जिल्ला प्रहरी कार्यालय पर्साबाट दरबन्दी भई टिमुरेमा कार्यरत थिए । रसुवागढी आसपासमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । त्यही बाढीमा परी ठाकुरसहित प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ र प्रहरी जवान लोकेन्द्र बोहोरा पनि बेपत्ता भएका थिए ।

तीन सुरक्षाकर्मीसहित सो बाढीमा २० जना बेपत्ता भएका थिए । उनीहरूमध्ये प्रहरी निरीक्षक श्रेष्ठको शव असार २५ गते चितवनको त्रिशूली नदी किनारमा फेला परेको थियो । बाँकी १९ जनाको अवस्था अझै अज्ञात छ ।
बेपत्ता हुनेहरूमा ६ जना चिनियाँ नागरिक, ११ जना स्थानीय बासिन्दा र २ जना नेपाली प्रहरी जवान रहेका छन् ।

प्रहरीका अनुसार ल्हेन्दे खोलामा आएको बाढी अत्यन्त विनाशकारी थियो । सीमाक्षेत्रको कठिन भूगोल, उकालो खोल्सा र पहिरोले खोजी कार्यमा थप चुनौती सिर्जना भएको थियो ।
यस्तै चुनौतीका बीच, ठाकुरका परिवारले शव नभेटिए पनि परम्पराको बलमा उनलाई आज अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित