बारा प्रहरीले ९४ हजार बराबरको डेरी मिल्क चकलेट बरामद

388
SHARES
510
VIEWS

बारा । जिल्ला प्रहरी कार्यालय बाराले बिल-बिजकबिहीन डेरी मिल्क चकलेटको ठूलो परिमाण नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा मिति २०८२ साल श्रावण २१ गते बिहान ८:४५ बजेको समयमा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित भरत चौकमा चेकजाँच गर्द उक्त डेरी मोल्क गरेको हो ।

कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक हाईस माईक्रो गाडी जाँच गर्दा बिल-बिजकबिना ढुवानी गरिएको डेरी मिल्क चकलेट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गाडीबाट कुल १०५ प्याकेट डेरी मिल्क, जसको कुल मूल्य अनुमानित ९४ हजार ८० रुपैयाँ बराबर पर्छ । चकलेटहरू कुनै आधिकारिक कागजात बिना लुकाइछिपाई काठमाडौँतर्फ पुर्‍याउने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

बरामद गरिएको सामग्रीलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले आयात तथा व्यापारमा नियमन र पारदर्शिता सुनिश्चित गर्न यस्तो अभियानलाई अझ तीव्र बनाउने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बिल-बिजक नभई गरिने ढुवानी तथा तस्करीसम्बन्धी क्रियाकलापहरूविरुद्ध निगरानी अझ कडा पारिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित