निजगढ । बारा प्रहरीले लागू औषध गाँजासहित एक युवक पक्राउ गरेका छ । जिल्लामा लागू औषध कारोबार नियन्त्रण गर्न सक्रिय जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाका आधारमा युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त गाँजा करिब १० किलो ३ सय १८ ग्राम रहेको जनाएको छ । हामीलाई प्राप्त सुचना अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–४, जुडिवेला निवासी २३ वर्षीय शिवु भनिने शिवजी धामी रहेका छन ।
प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले निजगढ नगरपालिका–४ स्थित एकान्त ठाउँमा धामीलाई शंकास्पद अवस्थामा उभिएको देखेपछि खानतलासी गरेको थियो । शरीर तथा बोरा खानतलासी गर्दा प्लास्टिकमा प्याक गरी राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका धामीसहित लागू औषध गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको र लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुका बारेमा पनि जानकारी लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार गाँजा ओसारपसारको गतिविधि नियन्त्रण गर्न निगरानी कडा पारिएको छ । पछिल्ला दिनमा बारामा लागू औषधसहित पक्राउ पर्ने घटनामा वृद्धि हुँदै गएको देखिन्छ ।






















Discussion about this post