करैयामाई गाउँपालिकमा शोक बिदा घोषणा

397
SHARES
522
VIEWS

बारा, साउन । करैयामाई गाउँपालिका–१, हर्दैया निवासी वडा सदस्य मन्जुर आलम अंसारीको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै करैयामाई गाउँपालिकाले एक दिनको शोक बिदा घोषणा गरेको छ ।

गाउँपालिकाको कार्यपालिकाको कार्यालयबाट सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “स्व. अंसारीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकप्रति श्रद्धाञ्जलीस्वरूप साउन २२ गते (२०८२/०४/२२) बिहीबार एक दिन सम्पूर्ण गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहनेछ ।”

गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा सबैलाई जानकारीको लागि यो सूचना सार्वजनिक गरिएको उल्लेख छ ।

मन्जुर आलम अंसारी करैयामाई गाउँपालिका वडा नम्बर १ का सक्रिय जनप्रतिनिधि थिए । सामाजिक सेवामा सक्रिय उहाँको निधनले गाउँले समाजमा ठूलो शोकको छाया छाएको छ ।

गाउँपालिकाले परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित