बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी युवा पत्रकार बिजेन्द्रकुमार चौधरी मकालु टेलिभिजनमा नियुक्त भएका छन् । सोमबार (साउन १९ गते) देखि औपचारिक रूपमा चौधरी समाचार सहकर्मीका रूपमा टेलिभिजनमा आवद्ध भएका हुन् ।
चौधरीले विगत केही वर्षयता निजगढबाट प्रकाशित मधेश प्रवाह पत्रीकामा मधेस क्षेत्र केन्द्रित स्थानीय सञ्चारमाध्यममा आवद्ध रहँदै सामाजिक विषय, समसामयिक घटनाक्रम तथा जनताको आवाज उठाउने विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । ईमानदार र जिम्मेवार पत्रकारका रूपमा स्थापित चौधरी अब मुलधारको राष्ट्रिय टेलिभिजन मकालु टेलिभिजन मार्फत आफ्नो पत्रकारिता यात्रालाई विस्तार गर्दै छन् ।
चौधरीको नियुक्तिलाई स्थानीय पत्रकार, बुद्धिजीवी तथा विभिन्न समुदायका व्यक्तिहरूले स्वागत गरेका छन् । भने सामाजिक सञ्जालहरूमा चौधरीप्रति बधाई र शुभकामनाको ओइरो लागेको छ । बाराका स्थानीय सञ्चारकर्मी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले चौधरीको नवनियुक्तिलाई “स्थानीय युवा पत्रकारिताको राष्ट्रिय पहिचानतर्फको महत्वपूर्ण कदम” भन्दै प्रसंसा गरेका छन् ।
उनी पत्रकारिता क्षेत्रमै अघि बढ्दै गर्दा मकालु टेलिभिजनमा संलग्न हुनुले बारा जिल्लाबाट मुलधार सञ्चारमा पुग्ने युवाको संख्या बढेको संकेत समेत देखिन्छ ।






















Discussion about this post