निजगढ । निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गतको बजेटबाट निजगढ-४ स्थित श्री विशाल बद्रीनाथ मन्दिरको सौन्दर्यकरण कार्य सम्पन्न भएको छ । यो कार्यमा नगरकार्यपालिका सदस्य मिना चौरेलको पहल उल्लेखनीय रह्यो ।
मन्दिरको सौन्दर्यमा थप निखार ल्याउने उद्देश्यले सदस्य चौरेलले नगरपालिकाको स्रोतमार्फत बजेट व्यवस्थापन गरी मन्दिरमा संरचनात्मक सुधार तथा सजावटका काम सम्पन्न गराएकी हुन् । उनको यस योगदानले मन्दिरलाई धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकको रूपमा अझ सशक्त बनाएको छ ।
स्थानीय बासिन्दाहरूले कार्यपालिका सदस्य मिना चौरेलप्रति आभार व्यक्त गर्दै चैरेलको यो पहल प्रेरणादायी भएको बताएका छन् । मन्दिरमा भक्तजनको उपस्थिति बढ्दै गइरहेको सन्दर्भमा सौन्दर्यकरणले श्रद्धालुहरूलाई थप आकर्षण र शान्तिको अनुभूति गराउने विश्वास गरिएको छ ।
स्थानवासीको तर्फबाट सदस्य मिना चौरेललाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ । साथै, श्री बद्रीनाथ भगवानको सदैव कृपादृष्टि रहिरहोस् भन्ने कामना पनि गरिएको छ ।






















Discussion about this post