वृक्षारोपण गर्दै फ्याफुल्ला क्लब, क्लबको आयआर्जनमा जोड

432
SHARES
569
VIEWS

बारा डम्बरपुर । ‘स्वच्छ वातावरण निर्माणका लागि वृक्षारोपण’ भन्ने मूल नारासहित फ्याफुल्ला युवा क्लब, डम्बरपुरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डमबरपुरमा नेपाल रेयूकाईको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम क्लबको खेलमैदान परिसरमा आयोजनागरि फलफुललगायतका वृक्षरोपण गरेको हो ।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका साथै दीर्घकालीन रूपमा क्लबको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले अमला, तेजपत्ता, अन्य फलफूलका बिरुवा र शोभामूलक फूलका प्रजातिहरू करिब १ सय २० वटा बिरुवा रोपिएको क्लबको सचीव पवन पाख्रीनले जनाएको छ ।

सचीव पाख्रीनले भने “हामीले वातावरणलाई शुद्ध राख्ने प्रयास त गर्‍यौं नै, साथै क्लबको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं,” क्लबका सचीव पाख्रीनले बताए । उनका अनुसार रोपिएका बिरुवाबाट केही वर्षपछि आम्दानी सुरु हुने र त्यसले क्लबको सामाजिक गतिविधिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरु, जनप्रतिनिधि वडा सदस्य दिपक न्यौपाने, फुलमाया स्याङ्तान, श्री शिवशक्तेश्वरकी शिक्षिका मनिता लामा, स्थानीय बासिन्दा र रेयूकाईका प्रतिनिधि छेवाङ्ग लामा, सागार थोकर र नारायणप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित