चुरे संरक्षण सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न”

390
SHARES
513
VIEWS

बारा । चुरे संरक्षणको महत्त्व र वर्तमान चुनौतीहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बारा जिल्लामा “चुरे संरक्षण सम्बन्धी अन्तरक्रिया गोष्ठी” सम्पन्न गरिएको छ । कार्यक्रम २०८१ असार १३ गते होटल राजमार्ग, निजगढमा सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालय, बारा–सिमराद्वारा आयोजित उक्त गोष्ठीमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, वन विनाश नियन्त्रण, सामुदायिक वनको भूमिका र स्थानीय तहको सहभागिता सम्बन्धी विषयमा गम्भीर छलफल भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका आठौं अधिकिकृत विमल ठाकुरको अध्यक्षतामा र बारा फेकोफन अध्यक्ष रामजी बजागाईको प्रमुख अतिथिमा भएको थियो । अन्तरक्रिया गोष्ठीमा वन कर्मचारी वर्षा लामा, सामुदायिक वनका प्रतिनिधिहरू र स्थानीय वातावरणप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले वन क्षेत्रको दोहन, अवैध कटानी तथा विकास योजनाको नाममा हरित क्षेत्रको विनाश रोक्न सबै तहमा समन्वय र ऐक्यबद्धता जरुरी रहेको धारणा व्यक्त गरे ।

गोष्ठीमा सहभागी वक्ताहरूले वन जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो भन्नेमा जोड दिँदै स्थानीय तहले दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रमले वातावरण संरक्षणप्रति सबैको साझा दायित्व रहेको सन्देश प्रवाह गर्दै वृक्ष संरक्षणमा जनसहभागिता अझ व्यापक बनाउने प्रतिबद्धता जनाउँदै समापन गरिएको थियो । डुमबरवना सव डिभिजन वन कार्यालयका रेन्जर संजय चौधरी लगायतले सहभागीलाई प्रोजेक्ट मार्फत वन संरक्षण र चुरे संरक्षण सम्बन्धि प्रस्तुतिकारण करेका थिए । कार्यक्रम संचालन भने निजगढ सव डिभिजन वन कार्यालयका रेन्जर निरज पोखरेले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित