चुरे संरक्षण अपरिहार्य : फेकोफन बारा अध्यक्ष बजगाईं

389
SHARES
512
VIEWS

बारा । फेन्डरेशन अफ कम्युनिटी फरेस्ट्री युजर्स नेपाल (फेकोफन) बारा अध्यक्ष रामजी बजगाईंले चुरे क्षेत्रको संरक्षणलाई अतिआवश्यक बताएका छन् । उनले चुरे पहाडलाई ‘कान्छो पहाड’ तथा ‘कमलो माटो र मलिलो जमिन’ भएको भन्दै यस क्षेत्रमा ध्यान नदिइए त्यसको प्रत्यक्ष असर तराई क्षेत्रमा पर्न सक्ने चेतावनी दिएका छन् ।

उनले भने, “चुरे क्षेत्रको जमिनबाटै नवीकरणीय पानीको बहाव हुँदै तराईमा पुग्दछ, त्यसैले यसको संरक्षण नगरेमा तराईका बस्ती नै संकटमा पर्न सक्छन् ।”

बजगाईंका अनुसार, चुरे क्षेत्रको अवैज्ञानिक उत्खनन, वन फँडानी र दोहनका कारण वातावरणीय असन्तुलन सिर्जना भएको छ । उनले चुरे विनाशको असर अहिले देखिन थालिसकेको भन्दै अब पनि बेवास्ता गर्न नसकिने बताए ।

चुरे संरक्षणका लागि संघीय सरकारदेखि स्थानीय तहसम्म सबै जिम्मेवार निकायको भूमिका सुनिश्चित हुनुपर्ने उनको जोड थियो । “चुरे बचाउनु भनेको तराई र मधेसको जीवन बचाउनु हो”, उनले भने । चुर संरक्षणमा सामुदायिक वन नगरपालिकालगायतका विभिन्न सन्बन्धित संघसंस्थाले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

बजगाईंले वन क्षेत्रको संरक्षण, दीर्घकालीन जल स्रोतको व्यवस्थापन, र जनचेतना अभिवृद्धि गरेर मात्र चुरे क्षेत्रको दीगो संरक्षण सम्भव हुने बताए ।

चुरे संरक्षण सम्बन्धी अन्तरक्रिया गोष्ठीको अवसरमा अध्यक्ष बजागाईले यस्तो बताएको हो । कार्यक्रममा बारा वन अधिकृत विमल ठाकुर, डम्बरवाना सव डिभिजन वन कार्यालयका प्रमुख संजय चौधरी, फेकोफन निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल र निजगढ सव डिभिजनका प्रमुख निरज पोखरेललगायत बाराका विभिन्न वन समितीका पदाधिकारीहरुको उपस्तिथि रके थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित