कलैया, बारा । २०८२ असार ७ गते शनिबार सम्पन्न दोश्रो कलैया जिल्ला नगरस्तरीय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा निजगढ तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।
कलैया तेक्वान्दो डोजाङले दोस्रो स्थान हात पार्दा बरेवा तेक्वान्दो डोजाङ तेस्रो स्थानमा सीमित भएको छ। प्रतियोगिता कलैया तेक्वान्दो कभर्डहलमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बालबालिका, किशोरकिशोरीदेखि युवा खेलाडीहरूले आ–आफ्ना डोजाङको प्रतिनिधित्व गर्दै तेक्वान्दोमा आफ्नो प्रतिभा प्रस्तुत गरे ।
“स्वास्थ्य र शान्तिका लागि खेलकुद, राष्ट्रको शानका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले स्थानीय तहमै खेलकुदको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा डोजाङलाई ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।
प्रतियोगिता मधेस प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो संघको समन्वयमा सम्पन्न भएको हो ।






















Discussion about this post