महागढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

394
SHARES
518
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको महागढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य समितिको संयोजनमा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहाले औपचारिक रूपमा ब्यानर पढेर पालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा घोषणा गरेका हुन् ।

स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, जनस्वास्थ्य अधिकृत विजयप्रसाद कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत खुर्सिद अहमद, शिक्षा शाखा प्रमुख रामविलास चौरसिया, क्षयरोग कार्यक्रम संयोजक दिवाकर चौधरी, नगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक मनोज चौरसियाले गरेका थिए । महागढीमाई नगरपालिकाले विगत केही समयदेखि नियमित खोप कार्यक्रममा उल्लेखनीय सुधार गर्दै आएको थियो । स्वास्थ्यकर्मीहरूको सक्रियता, पालिकाको प्रतिबद्धता र नागरिकको सहभागिताको कारण पालिकामा १५ महिना मुनिका सबै शिशुलाई आवश्यक सबै खोप पुरा गरिसकिएको जनाइएको छ ।

जनस्वास्थ्य सुदृढीकरणतर्फको यो महत्वपूर्ण उपलब्धिले पालिकालाई आगामी दिनमा थप स्वास्थ्य सेवा विस्तारमा मार्गनिर्देश गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित