दिपेन्द्र जयसवाल, बारा । करैयामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँको बजेट प्रस्ताव गर्दै शिक्षा, कृषि र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ ।
बुधबार गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष सुनैना कुमारी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गरेकी हुन् । उनले सामाजिक सेवा विस्तार, कृषिमा यान्त्रीकरण, सिँचाइ सुविधा, ग्रामीण सडक विस्तार, विद्यालय भौतिक सुधार तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा बजेट केन्द्रित गरिएको जानकारी दिइन् ।
सभा दौरानमा वडा नम्बर १ का वडा अध्यक्ष अध्यक्ष सोनाल साह, वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रशुरामप्रसाद यादव, वडा नम्बर ४ का वडा अध्यक्ष एकलाख बाबु अन्सारी, वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ का व्डा अध्यक्ष बृज चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरीले आ–आफ्नो वडाको अवस्था, समस्या र प्राथमिकताका विषयमा धारणा राखेका थिए ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतो, कार्यपालिका सदस्य सरेन्द्रप्रसाद साह, विभिन्न शाखाका प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन विरेन्द्र वाइबाले गरेका थिए । प्रस्तुत बजेटमाथि छलफलपछि अनुमोदन गर्ने कार्यसूची रहेको गाउँपालिकाले जनाएको छ ।






















Discussion about this post