निजगढ–५ मा क्षयरोगमुक्त वडा घोषणा अभियान अन्तर्गत घरदैलो स्क्रिनिङ कार्यक्रम सम्पन्न

393
SHARES
517
VIEWS

निजगढ (बारा) । निजगढ नगरपालिका वडा नं. ५ मा क्षयरोगमुक्त वडा घोषणा गर्ने लक्ष्यसहित घरदैलो क्षयरोग स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको छ ।

२०७९ सालमा संघीय सरकारबाट सुरु गरिएको ‘क्षयरोगमुक्त नेपाल’ अभियान अन्तर्गत वडा कार्यालयले २०८२ साल जेठ २९ गतेदेखि असार ४ गतेसम्म एक साता लामो विशेष स्वास्थ्य सेवा घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत बागदेव स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका? वडा सदस्यहरु र सामाजिक कार्यकर्ताहरूको टोलीले वडाका घर–घरमै पुगेर क्षयरोग सम्बन्धी प्रारम्भिक लक्षण भएका व्यक्तिको पहिचान तथा परामर्श प्रदान गरेका थिए ।

स्क्रिनिङका क्रममा शंका लागेका व्यक्तिहरूलाई थप परीक्षणका लागि नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरिएको थियो ।

वडा नं. ५ का अध्यक्ष सुर्य बहादुर थापा मगरले यो अभियान समुदायमै पुगेर रोगको पहिचान गर्ने प्रभावकारी माध्यम भएको बताउँदै भने, “वडालाई क्षयरोगमुक्त बनाउने अभियानमा स्थानीयवासीहरूको सक्रिय सहभागिता र सचेतना अत्यन्त महत्त्वपूर्ण रहे बताए ।”

बागदेव स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित अभियानले समुदायमा क्षयरोगप्रति चेतना बढाएको र प्रारम्भिक चरणमै रोगको पहिचान तथा उपचारमा टेवा पुर्‍याएको वडा कार्यालयले जनाएको छ ।

वडामा आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित