कछाडीया टोलमा महिलाको सशक्तीकरण तालिम सुरु

391
SHARES
514
VIEWS

बारा । निजगढ नगरपालिका वडा नं. १ स्थित कछाडीया टोलमा महिलाहरुको सशक्तीकरण र अभिमुखीकरण तालिम सुरु भएको छ । नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत सञ्चालनमा आएको पाँच दिने तालिम सोमबारदेखि सुरु गरिएको हो ।

फास्ट ट्र्याक मिडिया प्रा.लि.को आयोजना र नगरपालिकाको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन वडा अध्यक्ष मंगले लोप्चनले सामूहिक ब्यानर पढेर गरेका थिए । उद्घाटन सत्रमा कार्यपालिका सदस्य फुलमाया घलान, समाजसेवी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जीव लोप्चन, वडा सदस्य कन्तलाल धामी, रेडियो मध्यमतराईका प्रबन्धक पवन सिंह, समाजसेवी मोहनबहादुर खड्का, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष सन्तोष दंगाल, वाइसीएल नगर अध्यक्ष सुदर्शन थपलिया र फास्ट ट्र्याक मिडियाका अध्यक्ष महेश्वर अधिकारी सहभागी थिए ।

कार्यक्रम संयोजक उमेश घलानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अरुणा बिक, फुलमाया घलान, वडा अध्यक्ष लोप्चन र समाजसेवी संगम लोप्चनले मन्तव्य राखेका थिए ।

तालिममा कछाडीया टोलका करिब ६० जना महिलाको सहभागिता रहेको छ । सहभागी महिलाहरुलाई पाँच दिनसम्म प्रशिक्षक रेश्मी लामिछानेले प्रशिक्षण दिनेछिन् । तालिम सञ्चालन सल्युट सिगौलका प्रबन्ध निर्देशक शान्तकुमार सापकोटाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित