करैयामाईमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

387
SHARES
509
VIEWS

दिपेन्द्र जयसवाल/बारा । करैयामाई गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिहोर्वामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । करैयामाई युवा समाजको आयोजनामा भएको प्रतियोगितामा बाराका विभिन्न गाउँपालिकाबाट सातवटा सामुदायिक विद्यालयहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा श्री गम्भीरा वृजजकिशोर माध्यमिक विद्यालय प्रथम भएको छ भने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर दोस्रो भएका थिए । त्यस्तैगरी श्री भोला माध्यमिक विद्यालय गंजवानीपुर तेस्रो भएका छन् ।

अन्य सहभागी विद्यालयहरूमा श्री जन सामुदायिक विद्यालय मधुवन हरैया, श्री जनता माध्यमिक विद्यालय ककडी प्रसौना, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर रहेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ प्रमुख अतिथि थिए भने करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव र उपाध्यक्ष सुनैना कुमारी चौधरी विशिष्ट अतिथिको रुपमा सहभागी थिए । कार्यक्रम करैयामाई युवा समाजका अध्यक्ष चाँद बाबु अंसारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो कार्यक्रमले विद्यार्थीहरूमा सामान्य ज्ञानको विकास र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित