राष्ट्रिय खेलाडी गौतमलाई वडा नं. ५ द्वारा नगदसहित सम्मान

401
SHARES
528
VIEWS

बारा । निजगढ नगरपालिका वडा नं. ५ ले राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका सृजनराज गौतमलाई सम्मान गरेको छ । विशेष कार्यक्रम मार्फत उनलाई नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा जनजागृति सामुदायिक वन उपभोक्ता समिति र बारा जिल्ला फुटबल संघको पनि सहयोग रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, कार्यपालिका सदस्य शर्मिला विक, जनजागृति सामुदायिक वन समितिका अध्यक्ष जयप्रसाद ढुंगाना, बारा जिल्ला फुटबल संघका भोलाप्रसाद ढुंगाना, टोल विकास संस्थाका अध्यक्ष लिलाहरी चौलागाईं, वडा सचिव सुजित कर्णलगायत स्थानीय प्रतिनिधिहरू सहभागी थिए ।

गौतमलाई वडा कार्यालयबाट नगद ११ हजार र जनजागृति सामुदायिक वन समितिबाट ५ हजाए १ सय रुपैयाँ प्रदान गरिएको वडा कर्मचारी निरज खतिवडाले मधेश प्रवाहलाई जानकारी दिए ।

कार्यक्रममार्फत खेलकुदमा योगदान दिने व्यक्तिहरूको हौसला बढाउन स्थानीय तह सक्रिय रहेको सन्देश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित