महिला आवज नेपालद्वारा निजगढ-८ मा महिला नेतृत्व र क्षमता विकास तालिम सुरु

396
SHARES
521
VIEWS

निजगढ, बारा । महिला आवाज नेपालले  महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणका लागि ५ दिने तालिम सुरु गरिएको छ । महिला आवाज नेपालको आयोजना र निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोषको सहयोगमा सञ्चालन गरिएको हो ।

तालिम आषढ १ गते आइतबारबाट सुरु भएको हो । तालीम उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ प्रमुख अतिथिका रूपमा सहभागी भइन् । वडा नं. ८ का अध्यक्ष सुवर्ण लामा र कार्यपालिका सदस्य मनमाया तामाङ विशिष्ट अतिथि थिए ।

कार्यक्रममा वडा नं. १२ की सदस्य सुकुमाया मोक्तान,  प्रशिक्षक बद्रीप्रसाद चिमोरिया र कृष्णप्रसाद खरेल र आयोजक समितिका सदस्यहरू र सहभागी महिलाहरूको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी महिलाहरूलाई नेतृत्व, निर्णय क्षमता, समन्वय र स्थानीय तहमा सक्रिय हुने तरिकाबारे सिकाइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित