बकैया गाउँपालिका वडा नं. १ द्वारा गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई कपी वितरण

388
SHARES
511
VIEWS

मकवानपुर । बकैया गाउँपालिका वडा नं. १ को आयोजनामा जेठ ३० गते जनज्योति प्रा.वि. महादेव डाँडा र बाल कल्याण प्रा.वि.मा कपी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम अन्तर्गत बुबा–आमा बिहिन, विपन्न तथा गरीब जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकतामा राख्दै सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री कपी वितरण गरिएको हो ।

वडास्तरमा सञ्चालित यस कार्यक्रमले आर्थिक अभावका कारण शिक्षामा असर पर्न सक्ने अवस्था न्यूनीकरण गर्ने उद्देश्य लिएको वडा अध्यक्ष आशिष तामाङले बताए । उनले भने, “शिक्षा नै विकासको आधार हो, त्यसैले हाम्रो वडा शिक्षा पहुँचमा होस् भन्ने चाहनाले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा वडा सदस्य, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको सहभागिता रहेको थियो । विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा कपी तथा शैक्षिक सामग्री हस्तान्तरण गरिँदा उनीहरूको अनुहारमा देखिएको खुसीले कार्यक्रम सफल भएको सन्देश दिएको थियो ।

वडा अध्यक्ष तामाङ सहित स्थानीय जनप्रतिनिधिहरूले स्वयं विद्यार्थीहरूलाई कपी वितरण गरेका थिए । कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावकले वडाको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गरेका थिए ।

शिक्षामा समान अवसर दिनु राज्यको दायित्व हो भन्ने भावनासहित गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित