निजगढ, बारा । नेपालको ऊर्जा क्षेत्रमा व्यापक सुधार ल्याएर ‘उज्यालो नेपाल’का नायकको रूपमा चिनिएका कुलमान घिसिङलाई बाराको निजगढमा विशेष कार्यक्रममार्फत स्वागत तथा अभिनन्दन गरिएको छ ।
‘उज्यालो नेपाल अभियान, निजगढ’को आयोजनामा भएको कार्यक्रममा घिसिङलाई नगरवासीले सार्वजनिक अभिनन्दन गर्दै ऊर्जा सुधारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका हुन् ।
कार्यक्रमको ब्यानरमा उल्लेख गरिएको छ,
“उज्यालो नेपालको नायक श्री कुलमान घिसिङज्यूलाई निजगढ नगरमा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौं ।”
स्थानीयको सहभागिता र उत्साह :
कार्यक्रममा स्थानीय नागरिक, बुद्धिजीवी, युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले घिसिङको कार्यकालमा भएको लोडसेडिङ अन्त्य, विद्युत आपूर्ति सुधार तथा ऊर्जा क्षेत्रको पारदर्शिता स्थापना गरिएका प्रयासको प्रशंसा गरेका थिए ।
अभियानको निरन्तरतामा जोड
‘उज्यालो नेपाल अभियान’का स्थनीयहरूले अब निजगढमा पनि ऊर्जा चेतना र सुधार अभियानलाई समुदायस्तरसम्म विस्तार गर्ने बताएका छन् । उनीहरूले घिसिङको उपस्थितिलाई ‘प्रेरणादायी उपस्थिति’ भन्दै भविष्यमा नवीकरणीय ऊर्जा, ऊर्जा शिक्षा र युवाहरूको संलग्नता बढाउने योजना सुनाएका थिए ।
निजगढ नगरले कुलमान घिसिङजस्ता ऊर्जा सुधारकलाई सम्मान गरेर केवल व्यक्तिलाई होइन, उज्यालो भविष्यको आकांक्षालाई सम्मान गरेको हो ।






















Discussion about this post