करैयामाई गोल्डकपमा नवजन जागृति सिमराको जित

399
SHARES
525
VIEWS

दिपेन्द्र जयसवाल/करैयामाई । बाराको करैयामाई गाउँपालिका–७, उमजनस्थित श्री जनता माविको खेलमैदानमा जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगितामा जनजागृति युवा क्लब, सिमरा विजयी भएको छ । जितसंगै सिमरा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा सिमराले सनराइज युवा क्लब, उमजनलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच सिमराका जर्सी नम्बर ९ का रबिन चौधरी घोषित भए ।

प्रतियोगिता श्री जनप्रगति युवा क्लब, करैयामाई–७ को आयोजना र करैयामाई गाउँपालिकाको सहयोगमा संचालन भइरहेको छ । प्रतियोगिताको कार्यक्रममा जसपा बाराका जिल्ला सदस्य रामनारायण प्रसाद साह उपस्थित रहेका थिए । कार्यक्रममा आयोजक क्लबका अध्यक्ष रुपनारायण प्रसाद यादवले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष बृज चौधरी, नेकपा (एस) का जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, पूर्व शिक्षक चन्द्र नारायण चौधरी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय दर्शकको लगायत उपस्थिति रहेको थियो ।

आयोजक क्लबका सचिव गोपाल चौधरीका अनुसार, प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल जेठ २८ गते बुधबार आयोजक क्लब र एपीएफ बर्दिबासबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित