निजगढ । अत्यधिक गर्मीका कारण निजगढ नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन् ।
नगरपालिकाको शिक्षा शाखाले मंगलबार एक सूचना जारी गर्दै यहि जेठ २७ गतेदेखि २९ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगन गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
सूचनामा विगत केही दिनदेखि बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउँदै अस्थायी रूपमा बिदा दिइएको उल्लेख छ ।
शिक्षा अधिकृत (सातौं) उत्तम लामिछानेद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई उक्त अवधिमा विद्यालय नखुल्ने जानकारी गराइएको छ।






















Discussion about this post