करैयामाईमा बाल विकास सहजकर्ताका लागि तालिम

386
SHARES
508
VIEWS

महेन्द्र सहनी । बाराको करैयामाई गाउँपालिकाले बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरूलाई लक्षित गरी एक दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको तालिममा सहजकर्ताहरूलाई बालमैत्री सिकाइ प्रविधि, खेलकुद र संगीतमार्फत सिकाइ प्रवर्द्धन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

शिक्षा सह–संयोजक उमेश प्रसाद यादवका अनुसार बालबालिकाको समग्र विकासका लागि सहजकर्ताहरूको भूमिका महत्वपूर्ण हुने भएकाले तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागी सहजकर्तालाई शैक्षिक सामग्री पनि वितरण गरिएको उनले जानकारी दिए ।

तालिममा शिक्षक महन्थ प्रसाद चौधरीले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित