प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रीकेट उपाधी निजगढ ८ गौरीशंकर माविको पोल्टामा

395
SHARES
520
VIEWS

बारा । प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको ट्रफी निजगढ ८ को गौरीशंकर माविले जितेको छ ।

जितसंगै गौरीशंकरले ३० हजार पुरस्कार पनि जितेको छ । आज शनिबार भएको अन्तिम खेलमा गौरीशंकर मावि निजगढ ८ ले निजगढ ६ को गौरीशंकर मावि सडकटोललाई ५ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

उपविजेता बनेको गौरीशंकर सडकटोलले २० हजार पुरस्कार पाएको छ । प्रतियोगिताको विजयी टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा, निजगढ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने लगायतले ट्रफी र पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २ जना खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निजगढका संस्थापक नगर अध्यक्ष एवं जिल्ला सचिव रामहरि खरेलले ब्याट र क्रीकेट बल प्रदान गरेका थिए ।

त्यसैगरी स्थानीय व्यवसायी तथा सागर पुस्तक भण्डारका संचालक शंकर थोकरले  पनि खेलाडीको हौसला बढउन क्रिकेट किट्सको व्याग वितरण गरेका छन ।

प्रतियोगितामा निजगढ क्षेत्र भित्रका ९ विद्यालयले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित