निजगढ वडा नं. १ द्वारा तेक्वान्दो खेलकुद सामग्री वितरण

404
SHARES
531
VIEWS

निजगढ । बाएआको निजगढ नगरपालिका–१ नम्बर वडा कार्यालयले तेक्वान्दो खेलको प्रवर्द्धनका लागि खेलकुद सामग्री वितरण गरेको छ ।

वडा अध्यक्ष मंगले लोप्चनले नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामालाई खेल अभ्यास तथा प्रतियोगितामा उपयोगी सामग्री तथा उपकरणहरू हस्तान्तरण गरेको हो ।

खेलकुदको माध्यमबाट युवालाई अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने उद्देश्यले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । अध्यक्ष लोप्चनले खेल क्षेत्रमा वडाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष लामाले वडा कार्यालयको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता कार्यले स्थानीय स्तरमा खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित