निजगढ । सडक अनुशासन पालना र सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यसहित बाराको निजगढमा ट्राफिक जनचेतनामूलक साता कार्यक्रम सुरु गरिएको छ । ‘सेफ ड्राइभ, लङ लाइफ’ नारासहित सुरु गरिएको कार्यक्रम आगामी जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको आयोजना मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले गरेको हो । साताव्यापी अभियानमा सडक सुरक्षा, ट्राफिक नियमको पालना, दुर्घटनाबाट बच्ने उपायलगायत विषयमा आमजनलाई सचेत गराउने उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिएको छ।
कार्यक्रममा नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय, कलैयाको समेत सहकार्य रहेको छ ।
कार्यक्रमका संयोजक जिल्ला ट्राफिक प्रहरी निरीक्षक केसीले ट्राफिक नियमको पालना नगर्दा दिनानुदिन बढ्दो दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जनचेतना अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
‘सडक सुरक्षा, हामी सबैको रक्षा’ भन्ने मूल नारासहित सञ्चालित कार्यक्रममा सवारी चालक र यात्राहरुलाई लक्षित गरी विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा निजगढ नगरपालिकाको प्रमुख सुरुथ पुरीलगायतले चालकलाई सचेत गराएका थिए । सवारी रकेर प्रत्येक साना, ठुला, लामो र छोटोडुरीको यात्रामा रहेका सवारी साधनमा स्टीकर टाँस समेत गरेको थियो ।त्यस्तैगरी स्थानीय ए सवारी चालकहरुको स्वस्थ परिक्षण समेत गरेका थिए ।






















Discussion about this post