निजगढ/बारा । विश्व वातावरण दिवसको अवसरमा निजगढ नगरपालिका–९ मा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नारासहितको उक्त कार्यक्रममा आदर्श सदाबहार सामुदायिक वन क्षेत्रभित्र वृक्षारोपण गरिएको हो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, वीरगञ्ज, पर्साको आयोजना तथा आदर्श सदाबहार सामुदायिक वन निजगढ नगरपालिका–९ को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दा, वनकर्मी, पत्रकारहरु र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विहान ८ बजे सुरु भएको उक्त कार्यक्रममा विभिन्न फुलजातका बिरुवाहरू रोपिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिक प्रमुख सुरथ पुरेले निजगढ नगरपालिकाका मुख सुरथ पुरीले दिवसले नगरवासीमा प्लास्टिकको हानिकारक प्रभावबारे चेतना अभिवृद्धि गर्दै स्वच्छ र हरित नगर निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । “प्लास्टिकले वातावरण मात्र होइन, वन्यजन्तुको जीवनचक्रमा पनि गम्भीर असर पारिरहेको छ,” उनले भने, “यस अभियानमार्फत जनसहभागिता बढाउँदै दीर्घकालीन समाधानतर्फ उन्मुख हुँदैछौं।”
नगर प्रमुख पुरीका अनुसार कार्यक्रमले प्लास्टिक प्रदूषण विरुद्ध जनचेतना अभिवृद्धि गर्दै वन वातावरण संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।भु-जलाधार व्यवस्थापन पर्साका अधिकृत विरेन्द्रप्रसाद पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी रहेका थिए ।
अदर्श सदाबहार सामुदायिक वन अध्यक्ष राम प्रसाद पाण्डे, निजगढ वडा नम्बर ९ की कार्यबाहक अध्यक्ष बबीता श्रेष्ठ, निजगढ सव-डिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेल, सामुदायिक वन महासंघ बाराका उपाध्यक्ष बासुदेव तिमल्सिना, सचीव दिपक श्रेष्ठ, सामुदायिक वन महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, भू-संरक्षण अधिकृत कार्यालय बाट सरोज चौधरी, लेखा प्रमुख प्रदिप दास र अन्य छिमेकी सामुदायिक वनका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।
कार्यक्रम संचालक भने पर्साका भू-संरक्षण सहायक अनिल कोईरालाले गरेका थिए ।






















Discussion about this post