निजगढ, बारा । निजगढ नगरपालिका–१२ नम्बर वडा कार्यालयले स्थानीय महिलाहरूलाई लक्षित गरी ब्युटिसियन तालिम सञ्चालन गर्ने भएको छ । स्वरोजगारमुखी सीप विकासको उद्देश्यले तालिम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
नगरपालिकाको कार्यपालिका लक्षित कोष कार्यक्रमअन्तर्गत १ महिनाको अवधि रहेको तालिममा सहभागिता जनाउन इच्छुक महिलाहरूले यही जेठ २१ गतेभित्र वडा कार्यालयमा सम्पर्क गरी आवेदन फारम बुझाउन सकिने छ ।
तालिम निजगढ-१२ नम्बर वडामा भएपनि साविक रतनपुरी गा.वि.स. क्षेत्रका महिला दिदिबहिनीहरुले समेत सहभागी जनाउन सकिने छ ।
वडा अध्यक्ष ज्ञानबहादुर गोलेका अनुसार तालिममा सहभागिताका लागि नेपाली नागरिकताको फोटो प्रति अनिवार्य रुपमा बुझाउनु पर्नेछ । तालिमबाट स्थानीय महिलाहरूले सौन्दर्य सेवा क्षेत्रमा दक्षता हासिल गरी रोजगार तथा व्यवसायको अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ वडा अध्यक्ष गोलेले जानकारी दिए ।
सहभागीता र तालिमको बारेमा बुझ्नको लागि वडा कार्यालयका प्रतिनिधि सुकुमाया मोक्तान र एलिसा वाइबालाई सम्पर्क गर्ने सकिन () संग सम्पर्क गर्न सकिने वडाले जनाएको छ। सुकुमाया, ९८६९१२७३५७, एलिसा, ९८०७२८७३४३ मा जानकारी लिन सक्ने छन ।























Discussion about this post