बारा । नेपाली सांगीतिक क्षेत्रमा तामाङ सेलोको अलग्गै धुन र भावनाले सधैं विशेष स्थान बनाउँदै आएको छ । यही सांस्कृतिक लयलाई पछ्याउँदै सार्वजनिक भएको नयाँ कोसेली ‘चोखो माया’ ले फेरि एक पटक दर्शक–श्रोताको ध्यान तान्न थालेको छ ।
गीतको सुरुवातमै सुन्न सकिन्छ -मायाको चोखोपन, सरलताको सौन्दर्य र तामाङ पहिचानको आत्मियता । बोलीमै झल्किन्छ, कसरी चोखो प्रेम शब्द र संगीतमार्फत व्यक्त हुन्छ । ‘चोखो माया’ केवल प्रेम गीत होइन, यो समुदायको संस्कृति, भाषा र भावनालाई संगीतमा बुनिएको कथा हो ।
सर्जकहरूले माया, सम्मान र सांस्कृतिक धरातललाई केन्द्रमा राखेर गीत तयार पारेका छन् । गीतमा प्रयोग गरिएको तामाङ लय र परम्परागत भाकाले श्रोतालाई घर–गाउँको परिवेश सम्झाउने गर्छ । भिडियोमा झल्किएका भेषभूषा, पहाडी भूगोल, अनि प्रेमका सरल संकेतहरूले गीतलाई अझ जीवन्त बनाएका छन् ।
सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संगीतकार तथा शब्द रचनाकार साम्तेन मोक्तानले भावुक अभिव्यक्ति दिँदै लेखेका छन्, “तपाईंहरू सम्पूर्ण भगवानसरहका दर्शक–श्रोताहरूलाई सधैँको माया र आशीर्वादका लागि धन्यवाद । ‘चोखो माया’ तपाईंहरूमाझ पस्किएका छौँ ।”
‘चोखो माया’ तामाङ सेलोप्रेमी मात्र होइन, नेपाली संगीतप्रेमी जो कोहीका लागि पनि साँचो भावना र मौलिक संगीतको अनुभव हो । सांस्कृतिक सम्पदालाई जीवन्त राख्ने यस्ता सिर्जनाले तामाङ संगीतलाई मात्र होइन, नेपाली लोकधुनको भविष्यलाई पनि उज्यालो बनाउँछ ।
त्यसैगरी सञ्जीव थोकरको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा बुद्ध लामा, याङ्गी दोङ, साप्रिन लामा र निशा घिसिङले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
गीतमा बिरु घलान र सुमिना लोको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत साम्तेन मोक्तानको रहेको छ । गितमा सानु बाबु घिसिङले एरेन्ज तथा मिक्सिङ गरेका छन् भने निजगढ निवासी मोडेल बुद्ध थोकारको अभिनय रहेको गितको सब्दमा निजगढको नाम समेत समेटिएको घलानले बताए ।
त्यस्तै गरि भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रकाश परियारले गरेका छन् । रंग संयोजन अनिल बिष्ट प्युठानीले गरेका छन् ।
भिडियोको नृत्य संयोजन ‘डाइनामिक डान्स स्टुडियो’ले गरेका छन् भने कोरियोग्राफर तथा निर्देशक सञ्जीव थोकर हुन् ।
‘चोखो माया’ को भिडियो ‘जल राप्ती डिजिटल म्युजिक’ प्रा.लि.ले निर्माण गरेका थिए । भने साम्तेन मोक्तान युट्युव च्यानल मार्फत जेठ १६ शुक्रबार सार्वजनिक गरिएको छ ।




















Discussion about this post